Colonel BG’S Dashain Message

Colonel  Brigade of Gurkhas sends his Dashain wishes to all the serving Gurkhas around the Brigade.

Dashain is upon us once again.  Another year has passed and it has been yet another exceptional year for the Brigade. Whether it be on operations or in military and sporting events, we have delivered positive outcomes, demonstrating our professional agility to adapt and succeed.  Thank you for all your hard work and effort throughout the period.  However, we should equally remind ourselves of the fact that we draw strengths from our unique cultural heritage and identity.  It is therefore important that we recognise what binds us strongly, and Dashain is one such opportunity which we must embrace.

Our bicentenary celebrations last year placed the Brigade firmly in the media limelight, a remarkable feat in terms of ambition and scope.  It was only right and proper that we marked our critical milestone in style and we should all be justifiably proud of our achievement that raised the Brigade’s profile worldwide.

Nepal is making a recovery slowly from the natural disaster that hit the country last year.  The Brigade’s response to the tragedy was swift and as I write this message, our Op MARMAT commitments still remain on-going and we have soldiers from Gurkha units deployed to Nepal assisting with reconstruction.  The welfare of our veterans and their families is our main focus but the local communities have equally gained from our contribution.  The impact has therefore been immediate and far-reaching.

Our reputational stock is high and we continue to maintain our collective image as an operationally effective military organisation in any theatre in which the British Army is involved.  Our priority must be to continue to deliver the high standards of operational effectiveness for which the Brigade is renowned.  As I write, our officers and soldiers are deployed to theatres in Afghanistan, Mali, Cyprus, the Falklands and other countries around the world.   We have, as ever, many demands placed upon us for the remainder of the year but our reputation could not be higher and we must keep it that way.  This means maintaining the high levels of discipline, humility, professional output and character that our forefathers are famous for.

Dashain is a time to focus on our families and thank them for the love and support that they give us all. To you goes our deepest gratitude and affection. Your strength and fortitude enable us to be who we are – Gurkha soldiers – knowing that we are supported by our families. Our Gurkha family of course includes our ex-servicemen whether here in UK, back in Nepal or around the world and to you too I extend my warmest wishes.

I wish to end my message on one very important note, and that is to do with our on-going growth initiative.  Our future looks bright.  The Brigade will fill some 650 additional posts within the next two – four years.  This means that our Gurkha Brigade unit structures are better, more soldiers will get a full 24 year career and we can offer better promotion opportunities. You will have by now come across the literature and media coverage on the subject , or attended one of the briefs delivered by my staff.  I would urge you to access these as well as attend the Growth Road-show briefs scheduled for the remainder of the year, in order to gain a fuller understanding.

To all members of our Brigade, young and old, our soldiers and their families – both near and far – I send you my warmest wishes for  a peaceful but fulfilling year ahead.  I wish you all a joyful Dashain and prosperous Tihar 2016.

Jai Brigade of Gurkhas.

 

कर्नल ब्रिगेड अफ गोर्खाजको दशैं सन्देश 

दशैं फेरि हाम्रो घर दैलोमा आईसकेको छ। गत साल जस्तै यो साल पनि ब्रिगेड्को लागि अभुतपूर्व रह्यो। ब्रिगेडले ओपेरशनमा अनि अरु जुन सुकै अवस्थामा सफलता हासिल गर्ने आफ्नो कार्य कुशलता देखाऊनाले परिणामहरु सकारात्मक रहे। तपाईंहरुको त्यो योगदानको लागि धेरै धेरै धन्यवाद। त्यसो भन्दै गर्दा, हामीले त्यो शक्ति हाम्रा बिशेष साँस्कृतिक बिरासत् अनि पहिचानहरुबाट प्राप्त हुने तथ्यलाई नजरअन्दाज् गर्न हुँदैन। के कुराले हामीलाई एक सूत्रमा बाँध्छ, त्यो कुरालाई हामीले मनन् गर्न जरुरी छ अनि दशैले हामीलाई त्यो मौका प्रदान गर्दछ। 

गत साल हामीले हाम्रो दुई सय बर्षको सतबार्षिकी मनायौं, जसले गर्दा संचार माध्यमहरुमा हाम्रो ब्रिगेड्को बारेमा धेरै चर्चा रह्यो। ब्रिगेडले हासिल गरेको उक्त ऐतिहासिक  सेढुंगालाई एउटा उत्सबको रुपमा मनाउन बान्छनीय थियो अनि त्यस उपलब्धिप्रति हामी सबै गौरवान्वित हुनु पर्छ। 

गत सालको बिनाशकारी प्राकृतिक संकटदेखि नेपाल बिस्तारै निस्कदै गरेको अवस्था हो। मैले यो सन्देश लेख्दै गर्दा, हाम्रो ब्रिगेड्का सकल् दर्जाका जवानहरु ओपरेशन मर्मतका लागि नेपालमा तैनाथ् रहनुभएका छन् अनि वहाँहरुको योगदानले पुननिर्माणका प्रयासहरुमा ठूलो सहयोग पुराएकोछ। भुकम्पबाट पीडित हाम्रा ब्रिगेडका सदस्य अनि उनीहरुका परिवारहरु मात्र राहतको मुख्य केन्द्रबिन्दु नभई अन्य समुदायहरु पनि त्यसबाट लाभान्वित भएका छन। 

ब्रिटिश सेनामा ब्रिगेड्को प्रतिष्ठा उच्च छ र ओपरेशनमा राम्रो कार्यदक्षता देखाउन सक्ने हाम्रो जुन सामुहिक छबि , त्यसलाई ब्रिगेड्ले निरन्तरता दिएकोछ। कसरी हामीले ओपरेशनको दौरानमा देखाउने कार्यक्षमताको उच्च स्तरलाई सर्बदा कायम राख्ने भन्नेमै हाम्रो प्राथमिक्ता हुन पर्छ। मैले यो भन्दै गर्दा, ब्रिगेड्का हाम्रा अधिकृत अनि सकल् दर्जाका जवानहरु अफ्गानिस्तान, माली, साइप्रस, फोल्क्ल्यान्ड टापु अनि विश्वका अन्य मुलुकहरुमा परिचालन् हुनु भएकाछन। आउने दिनहरुमा हाम्रा सामु चुनौतीहरु छन् तर हाम्रो प्रतिष्ठा उच्च अनि  त्यसलाई त्यही स्तरमा राखिराख्न जरुरी छ। अनुशासन, बिनम्रता, पेशागत दक्षता अनि चरित्र जस्ता कुराहरुबाट हाम्रा पुर्खाहरु प्रख्यात् थिए अनि ती गुणहरुलाई हामीले सर्बोपरी राख्न पर्छ।

दशैं भनेको हामीले हाम्रा परिवारहरुकालागि ध्यान दिने अनि उनीहरुले हामीलाई दिने प्रेम सहयोगका लागि धन्यवाद दिने एउटा अवसर हो। तपाईंहरुप्रति हाम्रो गहिरो कृतज्ञता अनि स्नेह छ। तपाईंहरुको त्यो बल धैर्यले नै हामी को हौं भन्न अर्थात् गोर्खाली भएर राम्रो काम गर्न सक्षम् छौं। युके, नेपाल विश्वको जुनै ठाउँमा बस्नु हुने हाम्रा भुपु गोर्खालीहरु हाम्रो गोर्खा परिवारका सदस्यहरु हुनुहुन्छ, तपाईंहरुलाई मेरो दशैंको मंगलमय शुभकामना छ। 

मेरो दशैं सन्देश समाप्त गर्न अघि एउटा जरुरी कुरा गर्न चाहन्छु, त्यो ब्रिगेडको आकार ठूलो हुने (growth) बारेमा छ। हाम्रो ब्रिगेडको लागि आगामी दुई देखि चारबर्ष भित्रमा सय पचास जति दरबन्दी (post) हरु आउने वाला छन्। त्यसले गर्दा ब्रिगेडको संरचनामा सुधार आउने अनि धेरै मान्छेहरुले चौबिस बर्षसम्म सेवा गर्ने अनि उनीहरुको पदोन्नती हुने सम्भावना प्रगाढ हुनेछ। यसको बारेमा तपाईंहरुले बिभिन्न सामग्रीहरु पढ्नु भएको होला, बि एफ बि एसमा अन्तरबार्ता सुन्नुभएको होला, अनि मेरो स्टाफहरुले दिएका ब्रिफिङहरु मिल्नु भएको होला। यदि छैन भने, ती सामग्रीहरुलाई पढ्न, सुन्न अनि एच् क्यु बि जिको ब्रिफिङहरु मिल्नहुन अनुरोध गर्दछु। 

हाम्रो ब्रिगेडका सबै सदस्यहरुलाई, तपाईंहरु धेरै ठाउँहरुमा छरिएर बस्नु भएकोछ, तपाईंहरु सबैलाई दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। तपाईंहरुको यो सालको दशैं तिहार शुभ होस्। 

जय ब्रिगेड् अफ् गोर्खाज्।